Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशै टीकाको शुभसाइत कुन देश स्थानमा कहिले ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १४ २०८१
  • 4.4K
    SHARES

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११: ३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताए । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिए ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४