Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुम्ल्याहा छोराछोरीसँगै आमा पनि अस्ताइन् झ्याप्ले खोलामा, अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने सपना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १४ २०८१
  • 3.6K
    SHARES

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

आमा सीताको चाहना थियो- छोरा दीपेश र छोरी दीपिका एस्ट्रोनोमी ओलम्पियाड विजेता बनून् । आमाकै चाहनालाई दीपेश र दीपिकाले आफ्नो सपना बनाएका थिए । तर, आमाको चाहना र छोराछोरीको सपना एकसाथ काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा अस्ताएको छ ।

तर, बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढेका उनीहरू काठमाडौं पुगेनन् । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर उनीहरुसहित आमा सीताले पनि ज्यान गुमाएका छन् । उनीहरू चढेकाे गाडीका चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४