Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभरमा विद्यालय तीन दिन बन्द, परीक्षा स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १३ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । लगातारको वर्षा र बाढीको कारणले मुलुकभरको शैक्षिक क्षेत्र ठप्प भएको छ । सरकारले आज आइतबारदेखि तीन दिनसम्म विद्यालय तथा विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साथै विश्वविद्यालय तहका परीक्षा पनि स्थगित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आइतबारको परीक्षा स्थगित भए तापनि सोमबारदेखिका परीक्षा भने मौसमको अवस्था अनुसार सञ्चालन गर्न सकिने छ ।

विद्यार्थीहरूको सुविधा सुनिश्चित गर्न शनिबारको परीक्षामा उपस्थित हुन नसकेकालाई अर्को दिन मौका दिने निर्णय पनि गरिएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरू शैक्षिक क्यालेन्डरको दबाबमा परीक्षाहरू सञ्चालन गरिरहेका थिए, तर बाढी र डुबानको कारणले ती योजना प्रभावित भएका छन् ।

शुक्रबार साँझदेखि सुरु भएको अविरल वर्षा र बाढीले काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरूमा जनजीवन प्रभावित बनाएको छ । विद्यालय तथा कलेजका भवनहरूमा पानी पसेको छ भने भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । शैक्षिक संस्थाहरूको बन्दले कक्षा १२ सम्मका विद्यार्थीहरूको त्रैमासिक परीक्षा समेत प्रभावित भएको छ ।

सरकारले विश्वविद्यालय तहका परीक्षा अन्तिम दिनको भोलिपल्ट सञ्चालन गर्ने निर्देशन दिएको छ । यो बाढी र डुबानको असर कम भएपछि पुनः पठनपाठनलाई नियमित गरिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४