काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”ले पत्रकार सम्मेलनको आयोजना गर्दैछ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ । उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो ।
सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन् ।