Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ११ २०८१
  • 1.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. असोज ११, २०८१ । ई.सं. 27 Sep, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ ञलगा । कालयुक्त दक्षिणायन शरद । शुक्रबार आश्विन कृष्णपक्ष । तिथि दशमी १६:२४ बजेसम्म, त्यसपछी एकादशी । नक्षत्र तिष्य ०४:५४ बजेसम्म, त्यसपछी अश्लेषा । योग शिव ०४:१ बजेसम्म, त्यसपछी सिद्ध । करण भद्रा १६:२४ बजेसम्म, त्यसपछी वव ०४:३४बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि कर्कट । आनन्दादि योग उत्पात । दिनमान ११:५८ । सूर्योदय ५:५५ । सूर्यास्त १७:५३ । दशमी श्राद्ध, पर्यटन दिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सानो फाइदा हेर्दा पछि नाेक्सान हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा व्यवहारमा सजग रहनुहोला। समयमा हाेसियार नहुँदा काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्ने सम्भावना देखिन्छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यमा केही समस्या देखिन सक्छ। अध्ययनमा खोजमूलक ज्ञान प्राप्त गर्ने समय छ। काम गर्ने अवसर मिले पनि आम्दानीमा बाधा पर्न सक्छ। मिहिनेत गरीकन उचित मूल्य प्राप्त नहुने देखिन्छ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले पछिलाई फाइदा हुनेछ।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको चापबाट फुर्सदिलो भइनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। आय बढ्नुका साथै उपहार प्राप्त हुने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढ्ने काम प्रारम्भ हुन सक्छ। प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। स्वास्थ्य सबल हुनाले काममा स्फूर्ति बढ्नेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको महत्त्वलाई बेवास्ता गर्दा व्यवहारमा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४