Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेलाई पक्राउ गर्न दशैं कुर्नु नपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ९ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । मंगलबार साँझ फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् ।

गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनले बताए । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनको भनाई छ । लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो- मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार हुनुपर्छ भने म त्यसका लागि तयार छु ।

आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरे । ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,’ उाले भने, ‘आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।

विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए । ‘सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन ? सामग्रीहरु अझै छैनन् ? राजनीतिक कित्ता फरक पर्छ । सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेरापेर हुँदैन । सत्यको मोलमोलाहिजा हुँदैन । अन्याय गर्न पाइँदैन, उनले भनेका छन् ।

सभापति लामिछानेले आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन आग्रह गरे । “भिड होइन, शुभचिन्तकहरु हुन् । अन्याय पर्दा जनताले बोल्छन् । मैले अपिल गरेको होइन,’ उनले अगाडि भने, ‘उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४