Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम पारित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ३ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरूको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्य योजना, भनाइ सुनेर निर्णय लिइएको बताइन् ।

समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताए ।

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए ।

समावेशिता अझै अपूरो रहेको सांसदहरूको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन् ।

उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४