Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छ : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २६ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली कांँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए । शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने उनले बताए ।

उनले संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानविन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानिवन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानविनको दायरामा आउने बताए ।

महामन्त्री थापाले भने,‘नेपाली काँग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरुले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्‍याएका छौँ भने कुनैपनि प्रकरणमा, विषयमा, काममा यदी कसैले कानून मिच्दछ, कानून उल्लंघन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन । चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस् । निर्दोषले दण्ड पाउनु हुँदैन । यो पार्टीको हाम्रो बटम लाइन हो ।

यसमा टेकेर म लगायतले पटक पटक भन्दै आएका छौँ, चाहे त्यो नेता होस्, नाता पर्ने होस्, हाम्रो होस्, अर्काको होस् । दायाँ, बायाँको होस् । कुनैपनि कानून उल्लंघन गर्ने काम गरेको छ भने सर्वसाधारणले जुन विषय उल्लंघन गर्दा दण्ड पाउँछ, शक्तिशालीले पनि त्यो विषय उल्लंघन गर्दा दण्ड पाउनुपर्छ । यो विषयमा तपाईंहरुले बोल्नुभयो की भएन, मौन हुनुहुन्छ की हुँदैन ? भन्नेकुरा यो सोधिराख्नै पर्दैन । यो मेरो हकमा पनि र अरुको पनी त्यही हो । यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, अउनुपर्छ । जहाँसम्म नेपाली काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसंगमा आज संसदको बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’

महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४