Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकविरुद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १९ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई मुद्दा चलाइएको छ । बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा चलाएको हो ।

फेसबुकमा आलोचना गरेकै आधारमा रावलविरुद्ध मुद्दा चलाइने भएको हो ।

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो ।

उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू भन्दै परराष्ट्र मन्त्री आरजु राणासँग फोटो जोडेर भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

उनले लेखेको स्टाटसविरुद्ध अजित कुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।

रावल सिन्धुपाल्चोकको बाह्रबिसे स्थित किस्टोन अस्पतालका कर्मचारी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४