Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकाका यी स्थानमा आज बिजुली अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ८ २०८१
  • 3.3K
    SHARES

काठमाडौं । ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा (आज) शनिबार तीन घण्टा बिजुली अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गरेर पुल्चोक वितरण केन्द्रको बागमती फिडर र टेकुपुल्चोक फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। अन्डरग्राउन्ड प्रोजेक्टका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति क्वाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा पनि भूमिगत लाइनसम्बन्धित काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगाडि नै काम सकिए सो समयभन्दा अगाडि नै लाइन सुरु हुनसक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४