Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसिसी कार्यान्वयनको एक वर्ष : के भयो उपलब्धि ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ६ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराइएको छ । कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको बताए । त्यस्तै दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उनले उल्लेख गरे । तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिँदै उनले वैशाख २७ गते तीन करोड ५५ लाख १० हजार अमेरिकी डलर रकम बराबरको नयाँ बुटवल, नवलपरासीपश्चिम सम्झौता सम्पन्न भएको बताए ।

गत असार १ गते पाँच करोड १६ लाख अमेरिकी डलर बराबरको रातमाटे, नुवाकोट तथा गत साउन १६ गते तीन करोड ८८ लाख ९० हजार डलर बराबरको नयाँ दमौली, तनहुँ सम्झौता सम्पन्न भएको जनाइएको छ । सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसिसीले जनाएको छ ।

धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गरिनेछ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गाप्राप्तिमा प्रगति भएको, दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको छ ।

जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य समेत सम्पन्न भएको छ । समयमै एससिसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको एमसिसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले बताए ।

कार्यक्रमले गरिबीबाट हटाउन मद्दत गरेको उल्लेख गर्दै उनले आफूहरूसँग काम गर्ने सिलसिलमा विविध चुनौतीको सामना गर्ने, नवीन समाधान खोज्ने र सफलता हासिल गर्ने समृद्ध र विविध अनुभव रहेको बताए । डीन नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमसिसी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै यसमा सरोकारवालाको सहयोग भइरहेको बताए । उनले आयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहेको उल्लेख गर्दै अमेरिकी सरकारले यस आयोजनालाई महत्त्वका साथ अघि बढाएको बताए ।

विगत एक वर्षमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा वास्तविक गति आएको बताउँदै तीन वटा सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किमी प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर र उल्लेखनीय प्रगति भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४