Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठ्ठाघर दुर्घटनाकी मृतक भनिएकी युवती नै प्रहरीको सम्पर्कमा आएपछि…


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३२ २०८१
  • 7.4K
    SHARES

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गएकी युवतीको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि स्कुटर चालकको पहिचान खुलेको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक गरिएको भए पनि उक्त महिला स्कुटर चालक नभएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए । ‘एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै आउनु भएको थियो । तर पछि उहाँको बैनी सम्पर्कमा आएपछि उक्त शव उहाँको बैनीको नभएको पुष्टि भएको हो । शव क्षत–विक्षत अवस्थामा छ,’ उनले भने, ‘खुट्टाले मात्र चिन्न सकिने अवस्थामा छ । उहाँ कन्फयुज हुनु भएको हो कि, के हो यसबारे पनि अनुसन्धान सुरु गरेका छौं । उहाँलाई पनि नियन्त्रणमा लिएका छौं ।’

यसअघि दोलखाको मेलुङ गाउँपालिका-४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी २३ वर्षीया बहिनी सुष्मा नेपाली भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो । आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती सम्पर्कमा आएको मेलुङ-४ का वडाध्यक्ष सोमबहादुर बम्जनले बताए । ‘मृत्यु भएकी भनिएकी बहिनी बिबाह गरेर चितवनमा छिन्,’ उनले भने, ‘उनी जीवितै रहेको भन्दै परिवार सम्पर्कमा आइसके । उसको दाइले प्रहरी कार्यालयमा गलत सूचना दिएका रहेछन् ।’

दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ । यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि भेटिएको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले पनि यसअघि पहिचान भएको भनिएको व्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४