Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठूलीभेरी र सानीभेरी नदिमा पानीको बहाव उच्च, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २९ २०८१
  • 3.3K
    SHARES

काठमाडौं । हिजो आज लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ। ठूलीभेरी र सानीभेरी नदीको सहत बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीयक्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ। पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए।

उनका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ सङ्कलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ। त्यस्तै आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताए। अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

नदीको तटीय क्षेत्र आसपासका बस्ती विपत्को उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । शनिबारदेखि रुकुमपश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४