Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १४ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे र्निाय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । उनीमाथिको सुनुवाइ सकिइसकेकाले आज अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ ।

समितिको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।

यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् ।

अब आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रहेको समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती)ले बताइन् । ‘आजको बैठक एउटा टुंगोमा पुग्ला,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४