Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च, सबैभन्दा धेरै भारतमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ७ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो ।

गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा बिजुलीको बढ्दो मागले विगत २० वर्षको रेकर्ड यस वर्ष तोडिने उल्लेख छ ।

साथै बिजुलीको बढ्दो मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने छ । बढ्दो गर्मीसँगै बिजुलीको माग पनि बढेका कारण कोइला र नवीकरणीय ऊर्जामार्फत् विद्युत् उत्पादन गर्ने क्रम पनि बढ्ने अनुमान छ ।

यस वर्ष विश्वको तापक्रमले अहिलेसम्म भएको रेकर्डलाई तोडेको थियो । नेपालसहित विभिन्न देशहरुले अप्रत्यासित तातो हावाको लहर झेल्नु परेको थियो । त्यससँगै विद्युत ग्रिडहरुलाई अविछिन्न बिजुली आपूर्ति गर्न दबाब परेको थियो ।

एआईले पनि बढाएको छ बिजुलीको माग

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का इनर्जी मार्केट्स एण्ड सिक्योरिटीका निर्देशक केसुके सादामोरीले भनेका छन्, ‘यस वर्ष र आगामी वर्ष विश्वभर बिजुलीको मागमा बढोत्तरी विगत दुई दशकयताकै सबैभन्दा बढी हुने छ । यसले हाम्रो अर्थव्यवस्थामा बिजुलीको बढ्दो भूमिका र अत्यधिक तातो लहरको असरलाई देखाउँछ ।’

आईईएका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बढ्दो प्रयोगको कारण पनि निरन्तर बिजुली आपूर्तिको माग बढेको छ । आईईएका अनुसार सन् २०२४ मा विश्वभर बिजुलीको माग सरदर चार प्रतिशतले बढ्ने अनुमान छ । यो सन् २००७ यताकै सबैभन्दा बढी हो ।

सन् २०२५ मा पनि यही अवस्था रहने अनुमान छ । यसको तुलनामा सन् २०२३ मा विश्वभर बिजुलीको माग केबल २.५ प्रतिशत वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्यांक छ ।

एजेन्सीको तथ्यांक अनुसार यसै वर्ष बिजुलीको माग सबैभन्दा धेरै भारतमा हुने अनुमान छ । सन् २०२४ भारतमा ८ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमानित तथ्यांक छ ।

चीनमा भारतको भन्दा दुई प्रतिशत कम अर्थात् ६ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ । चीनमा सन् २०२३ मा ७ प्रतिशतले बिजुलीको माग बढेको थियो ।

यसैगरी अमेरिकामा यस वर्ष तीन प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ ।

युरोपेली युनियनमा विगत दुई वर्षदेखि बिजुलीको माग घटिरहेको थियो । तर यस वर्ष बिजुलीको माग १.७ प्रतिशतले बढ्ने एजेन्सीको तथ्यांकमा उल्लेख छ । तर यो वृद्धि जारी रहन्छ कि रहँदैन भन्ने निश्चित छैन ।

ह्वात्तै बढ्ने छ नवीकरणीय ऊर्जाको उत्पादन

आईईएका अनुसार आगामी वर्षमा अक्षय ऊर्जा (नवीकरणीय ऊर्जा) को उत्पादन पनि ह्वात्तै बढ्ने अनुमान छ । सन् २०२५ मा विश्वको आपूर्तिमा यसको हिस्सेदारी ३५ प्रतिशत हुने अनुमान छ । जबकी सन् २०२३ मा केबल यसको हिस्सा ५ प्रतिशत मात्र थियो । नवीकरणीय ऊर्जामा शौर्य र वायु ऊर्जाको स्थान सबैभन्दा बढी हुनेछ ।

यसैगरी सन् २०२५ मा अक्षय ऊर्जाको कूल उत्पादनले कोइलामा आधारित बिजुलीलाई पछि पार्ने अनुमान छ । तर सन् २०२४ मा भने कोइलाकै दबदबा कायम रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४