Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ५ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तातेडलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

सहकारीका बचतकर्ताको रकम अपचलन गरेको र संस्थाका सातजना सञ्चालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले सञ्चालक समितिका सचिव तातेडविरुद्ध विसं २०८० साउन १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले सात सदस्यीय सञ्चालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य पाँचजना सञ्चालक सदस्य भने अझै फरार रहेको जानकारी दिए। सञ्चालक समितिमाथि बचतकर्ताको रु एक करोड ३३ लाख २० हजार आठ सय २३ तथा संस्थाको रु ८८ लाख १७ हजार ६ सय ७७ गरी कूल रु दुई करोड २१ लाख ३८ हजार पाँच सय घोटाला गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४