Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३ २०८१
  • 1.2K
    SHARES

काठमाडौँ। गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् ।

बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । आज मात्रै ५ वटा शवको सनाखत भएको छ ।

असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ ।

उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ ।

सनाखत भएका ४ जना नै काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् ।

आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७ सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

उनीहरुको शव भरतपुर अस्पतालमा ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४