Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्ल्डलिंकको “बिट द स्पीड” अभियान : नेपालकै फास्टेस्ट बलर – प्रदिप जैसवालद्वारा उपाधि विजयी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २६ २०८१
  • 1.9K
    SHARES

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स. लि. ले नेपाल क्रिकेट संघ (CAN) को सहकार्यमा “बिट द स्पीड”: नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । यो २ महिना लामो रोमाञ्चक अभियान, २१ बैशाख २०८१ मा शुरू भएको थियो, जसले नेपालका १८ शहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो।

नेपालका १८ शहरहरुबाट उत्कृष्ट ७ जना खेलाडीहरुलाई काठमाडौंमा दोश्रो चरणको प्रतिश्पर्धाका लागी ल्याइएको थियो ।
उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक श्री ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक श्री कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिश्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए। सो प्रतिश्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हाँसिल गर्न सफल भए। सन्देश थापा र राहुल कुमार यादवले क्रमश: १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

भावी सम्भावनाको पहिचान गर्दै प्रतिश्पर्धी रवि दमाईलाई “इमर्जिङ्ग ट्यालेन्ट” को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। वर्ल्डलिंकको यस “बिट द स्पीड” अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थीत चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् ।

१२१ किमी प्रति घण्टाको गतिमा बलिङ्ग गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए साथै
उनको बलिङ्ग एक्सनलाई धेरै दर्शकहरुले “लसिथ मलिङ्गा” सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

समापन समारोहमा, “हामी ‘बिट द स्पीड’ मा प्राप्त भव्य प्रतिक्रियाबाट अत्यन्तै उत्साहित छौं,” वर्ल्डलिंकका मार्केटिङ प्रमुख श्री तेन्जिन छोगेलले भने। “यो पहल CAN को सहयोग बिना सम्भव थिएन, र हामी आगामी वर्षहरूमा थप प्रतिभा पत्ता लगाउन र उनीहरूको विकासमा सहयोग पुर्याउन उत्साहित छौं।”

“बिट द स्पीड” अभियानले केवल उदयमान क्रिकेटरहरूलाई एक महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नेपालले विश्वस्तरका तीव्र गतिको बलरहरू उत्पादन गर्न सक्ने सम्भावनालाई पनि उजागर गरेको छ। वर्ल्डलिंक र CAN को उत्कृष्टता प्रवर्द्धन गर्न र खेलकुदका नयाँ नायकहरूलाई प्रेरणा दिन सदा प्रतिबद्ध रहन्छ। यो अभियानले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ। यस संस्करणका सम्पुर्ण भिडियोहरु कम्पनिको फेसबुक तथा युट्युबमा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४