Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिपी र अरनिको राजमार्ग सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । लेदो र बाढीका कारण अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालन ल्याएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार शुक्रबार रातिदेखि निरन्तर परेको वर्षाका कारण आज बिहान करिब ८ बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गल जनविजय मावि अगाडि वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित सडक खण्ड अवरुद्ध भएको थियो ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ बाउन्न किलोस्थित खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएको थियो ।
उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो र रुख ढलेर अवरुद्ध भएकामा सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४