Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन दिन धेरै वर्षा, ३० जिल्लामा रेडअलर्ट जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८१
  • 2.6K
    SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।​

जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।

पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने छ । न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग-सीमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४