Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिलाई प्रचण्डको ब्रिफिङ– तत्काल राजीनामा दिन्न, अर्को तयारी नगर्नुहोला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए ।

राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलका अनुसार प्रचण्डले तत्काल राजीनामा नदिने राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

प्रचण्डले माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेकाले अर्को तयारी नगर्न आग्रह गरेको बुझिएको छ ।

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४