काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास गएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि प्रचण्ड शीतल निवास गएका हुन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउने बताइएको छ । शीतल निवास जानुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।