Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले भने- राजीनामा गर्नुस्, प्रचण्डले सोधे- संविधान चलाउन खोजेको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८१
  • 3.8K
    SHARES

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न ओलीले आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने मोटो जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।

‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं ।’

प्रचण्डले ओलीलाई भनेको उद्धृत गर्दै ती नेताले भने, ‘संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ ।’

ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको आग्रह गरेका थिए ।

‘मैले तपाईंलाई यसबीचमा धेरैपटक साथ दिएँ, कति कुरा चित्त नबुझ्दा पनि असहयोग गरिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब सघाउने पालो तपाईंको ।’

ओली भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । माओवादी केन्द्रका पदाधिकारीसँग प्रचण्डको बैठक सुरु भएको छ ।

कांग्रेस र एमाले सांसदको बहुमत संख्या देखाउँदै ओली संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४