Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले पदाधिकारीलाई जानकारी गराए एमालेसँग भएको समझदारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन् ।

आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन् ।

नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन । यद्यपि गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको जानकारी गराए । उनले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र इच्छुक दलहरुलाई सरकारमा सामेल गर्ने बताए ।

अहिलेसम्मको समीक्षाबाट र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने कांग्रेस प्रवक्ता महतले बताए ।

एमालेसँगको समझदारीलाई अनुमोदन गर्न बुधबार बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको प्रवक्ता महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४