Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकालाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ । आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै विकेट नगुमाई भेटाएर अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो ।

इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए । आक्रामकरूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए ।

अमेरिकाका नितिश कुमारले ३० रन बनाए । कोरी एन्डरसनले २९, हर्मित सिंहले २१ र कप्तान आरोन जेम्सले १० रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले चार विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले १० रनमात्र खर्चिए । जोर्डनले १९औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । जारी विश्वकपमा यो तेस्रो ह्याट्रिक हो । यसअघि अस्ट्रेलियाका प्याट कुमिन्सले लगातार दुई खेलमा ह्याट्रिक लिएका थिए

आदिल राशिद र साम करणले समान दुई विकेट लिए । रिस टोप्ली र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे ।

जितसँगै इंग्ल्यान्ड प्रतियोगिताको सुपर–८ माअन्तर्गत समूह–२ को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेल खेलेको इंग्ल्यान्डको खातामा चार अंक छ । समान खेल खेल्दा पनि अंकविहीन अमेरिका भने सुपर–८ बाट जितविहीन बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४