Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशले हार्दा कीर्तिमान व्यर्थ लाग्यो : सन्दीप लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८१
  • 3.7K
    SHARES

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछानेले टी-२०आई क्रिकेटमा एक सय विकेट पुर्‍याएका छन् । टी-२० विश्वकपअन्तर्गत सोमबारको बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा कीर्तिमान बनेको हो ।

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए । उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई ‘आउट’ गर्दै बनाएका थिए । सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन् ।

उनले ५४ वटा टी-२० आई खेलेर सय विकेट लिएका हुन् । योसँगै उनी टी-२०आईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका खेलाडीहरूमध्ये दोस्रो स्थानमा रहन सफल भएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिन सकेको भए उनको नाममा अर्को कीर्तिमान पनि हुने थियो ।

अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिँदै टी-२०आईमा सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान रचेका थिए । लामिछानेले त्यो कीर्तिमान बराबरी गर्ने मौका भने गुमाएका थिए  ।

किन खुसी छैनन् सन्दीप ?
सन्दीपले नयाँ कीर्तिमानबाट खुसी देखिएका छैनन् । टोलीको हारका कारण आफ्नो कीर्तिमानको खासै महत्व नरहेको उनले बताए । ‘मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो । दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ र आज जित्नुपर्ने खेल थियो,’ सन्दीपले भने ।

टेस्ट राष्ट्रसँग खेल्दा पाएको अवसर सदुपयोग गर्न नसकिएको उनले बताए । ‘हामीले उनीहरुलाई नहराएसम्म लगातार खेल्न पाइदैन । सबैजना दुखि छौं,’ सन्दीपले भने, ‘नेपालमा रहेका समर्थक पनि हाम्रो प्रदर्शनमा खुसी हुनुहुन्न । हामीले यसलाई मनदेखि लिएर आउने दिनमा यस्तो अवसर आए सदुपयोग गर्ने प्रण गर्नेछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४