Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाले जिते इंग्ल्यान्ड सुपर-८ मा पुग्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नामिबियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ४१ रनले हराएको छ । योसँगै इंग्ल्यान्डको समूह बी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा खेल्ने सम्भावना उच्च बनेको छ ।

१२३ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनायो । नामिबियाका माइकल भान लिंगेनले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए । निकोलस डेविन १८ र डेविड विजाले २७ रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डन र जोफ्रा आर्चरले १–१ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १० ओभरमा ५ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । इंग्ल्यान्डका ह्यारी ब्रुकले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । जोनी बेयरस्टोले १८ बलमा ३ चौका र २ छक्कासहित ३१, फिलिप साल्ट ११, जस बटलर शून्य, मोईन अली १६ र लियाम लिभिङस्टोनले १३ रन जोडे ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले २, डेविड विजा र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । समूह बी मा इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजा विहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ ।

अष्ट्रेलिया र स्कटल्यान्डबीच बिहान ६ : १५ मा खेल हुँदैछ । उक्त खेलमा अष्ट्रेलिया विजयी भएमा इंग्ल्यान्ड नेटरनरेटको कारण सुपर–८ मा पुग्नेछ । तर स्कटल्यान्ड विजयी भएमा वा वर्षाको कारण रद्द भएमा भने इंग्ल्यान्ड बाहिरिनेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर–८ मा पुगी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४