Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनोट : यमनविरुद्धको खेलमा नेपाललाई गोलको खडेरी तोड्ने मौका


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २९ २०८१
  • 1.6K
    SHARES

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुने भएको हो ।

छनोट चरणको होम म्याचमा यमनसँग नेपाल २-० ले पराजित भएको थियो । विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन । नेपाल दोस्रो चरणमा पहिलो जितको खोजीमा छ ।

यूएईसँग नेपाल दुवै खेलमा समान ४-० ले पराजित भयो । नेपाल बहराइसँगको पहिलो खेलमा ५-० र दोस्रो खेलमा ३-० ले स्तब्ध भएको थियो । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल समूह ‘एच’को पुछारमा छ ।

नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १००औँ खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४