Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २८ २०८१
  • 3.2K
    SHARES

काठमाडौं ।  सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो। श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए।

ठगीको मुद्दामा अनुसन्धान गर्न सीआईबीले अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।

धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । यसअघि यही प्रकरणमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारी पक्राउ परेका थिए ।

यसअघि २०८० फागुनमा सेञ्चुरी बैंकमाका तत्कालीन प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४