Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ४ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् । सरकारको नेतृत्व गरिरहेका दाहालले सरकारको नेतृत्व गरेको १७ महिनामा चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।

उनी २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका थिए भने त्यसलगत्तै चैत ६, २०७९ दोस्रोपटक विश्वासको मत लिएका थिए ।

त्यसपछि तत्कालिन गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सम्बन्ध तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि यही फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको हुनाले दाहालले फेरि अर्कोपटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई विश्वासको मत लिने कुरा जानकारी गराइसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४