Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”बीच ३ बुँदे समझदारी भएको खुलासा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ४ २०८१
  • 3.1K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच तीन बुँदे सहमति भएको खुलासा भएको छ । बिहीबार संसद् बैठक सुरु हुनुभन्दा पहिला दुई पार्टीका नेताबीच तीन बुँदे सहमति भएको खुलासा भएको हो ।

रास्वपा नेता शिशिर खनालले नेपाली कांग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा समझदारी भएको बताएका छन् । तर, उक्त समझदारीबाट पनि नेपाली कांग्रेस पछि हटेको उनको आरोप छ ।

मोटो समझदारी दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगोको बाटोमा गएको उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । ‘लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउनपर्छ हाम्रो न्यूनतम अडान हो । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो,’ उनले अगाडि भनेका छन्, ‘हिजो बिहान नेपाली काँग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा “मोटो समझदारी“ बनेको थियो। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगोको बाटोमा गयो ।

बिहान नेपाली कांग्रेससँग समझदारी भए पनि प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसको भूमिकाले नेपाली कांग्रेस समझदारीबाट पछि हटेको खनालको दाबी छ । उनको अनुसार यस्तो थियो सहमति :-

‘हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा :-
१. ⁠सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।
२. ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका
सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने ।
३. अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४