Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा १९ वर्षकी युवती पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४