पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा रुख बाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नं ७ घले गाउँका अन्दाजी ५०/५५ वर्षका पदम बहादुर तामाङ्गको मृत्यु भएको सोही वडाका वडा सदस्य कल्पना पाण्डेले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार आइतबार साँझको समयमा घर नजिकैको बारीको कान्लामा रहेको खिरुवाको रुखमा घाँस झार्न चढेका उनी रुखबाट खसेको थिए । रुखबाट खसेर घाइते भएका तामाङको सोमबार मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक तामाङ्गको सोमबार नै आफन्तले अन्तिम संस्कार गरिसकेको स्थानीयले बताएका छन् ।