Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २ २०८१
  • 3K
    SHARES

किरण पराजुली
काठमाडौं । महाभारत पर्वत श्रृंखला अन्तर्गत धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा झण्डातोलन कार्यक्रम सम्पन्न भएको छ ।मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउपालिका र गल्छी गाउँपालिकाको सिमानामा रहेको यस क्षेत्रमा बागमती प्रदेशका प्रदेश सांसद मधु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र पालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीको बिशेष आथित्यमा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे वडा २ का वडा अध्यक्ष टिकाराम तामाङ, थाक्रे वडा ६ का अध्यक्ष हिरा बहादुर थापा, थाक्रे ११ का वडा अध्यक्ष शुदर्शन पाण्डे, स्थानीय नेता, व्यवसायी लगायतको आथित्यता रहेको थियो भने ठाडोखोला समाज सुधार समितिको अध्यक्ष अमर तामाङले सभापतित्वको आशन ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले पर्यटनको प्रचुर संभावना बोकेको झण्डाचुलीलाई थप बिकास गर्न आफूले पहल गर्ने बताए । त्यसै विशेष अतिथी थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले झण्डाचुली आउने सडकलाई व्यवस्थित गर्ने बताए। त्यसै विशेष अतिथी थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा जिन्दगीले झण्डाचुलीमा बर्षको एक दिन मात्र कार्यक्रमले मात्र पर्यटक बढाउन नसकिने भएकोले यस्ता कार्यक्रम बर्षको धेरै दिन गर्नुपर्ने कुरामा जोड दिए।

थाक्रे गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङले झण्डाचुलीको बिकासमा आफू पालिका, प्रदेश देखि केन्द्रसम्म पहल गरिरहेको बताए। त्यस्तै अन्य अतिथिहरुले पनि झण्डाचुलीको बिकासको लागि पहल गर्ने बताए। पर्यटनको प्रचुर संभावना बोकेको थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थान झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहास सम्झँदै प्रत्येक नयाँ वर्षमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले झण्डातोलन कार्यक्रम हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४