Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कप : पहिलो खेलमा आज मलेसियाको सामना गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३० २०८०
  • 3K
    SHARES

काठमाडौं । उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । आजबाट ओमानमा आयोजना हुने प्रतियोगितामा नेपालले मलेसियाको सामना गर्ने भएको हो ।

प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ । नेपालको १४ सदस्यीय टोलीमा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । नेपालको दोस्रो खेल २ वैशाखमा कतारसँग हुनेछ । हङकङसँग ३ वैशाख र साउदीसँग ५ वैशाखमा समूहको अन्तिम खेल हुनेछ ।

नेपाल रहेको समूह निकै कमजोर मानिन्छ । नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो । समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४