Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फरवार्ड माइक्रोफाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई हालसम्मकै ठूलाे बीमा रकम प्रदान गरेकाे छ । फरवार्ड माइक्राेफाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यकाे दुर्घटनामा मृत्यु भएपछि उसकाे परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेकाे हाे ।

इश्वरपुर नगरपालिका वडा नं. १४ की बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रोफाइनान्सबाट ७ लाख रुपैंया कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैंया प्रदान गरेको छ ।

बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माईक्रोफाइनान्सले एक कार्यक्रम नै गरी इश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

सो क्रममा बोल्दै इश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा बित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज बिकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुबित्त बित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा बित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेशा, व्यापार व्यवसाय बिकास गर्ने जिकीर गरे ।

उनले ब्यतिmगत स्वार्थ पुर्ति गर्नका लागि केही उच्छृङ्कखल ब्यक्ति र समुहले सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा त्यसको विरोध गरे । लघुबित्त बित्तीय संस्था जनताको बचत र बैकको कर्जाबाट चल्ने भएकाले कसैले कर्जा मिनाहा हुन्छ भन्ने भ्रम फैलाउँदैमा विस्वास नगर्न पनि आग्रह गरे । साथै, आम्दानीको कुनै स्रोत नभएका र एक छाक खानपनि धौधौ भएका, थोरै मात्र कर्जा बाँकी रहेका ऋणीहरुलाई बित्तीय संस्थाहरुले सक्दो सहयोग गर्नुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्यामकिशोर महतोले समुदाय र निम्न बर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशिल हुने विश्वास दिलाउँदै बित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य गर्न आवश्यक रहेको जनाए ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमी, संस्थाको परीचय र उद्देश्य बारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पु¥याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रवतीलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुबिधा भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४