Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाको शक्ति प्रदर्शनले निम्त्यायो झडप


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २७ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत शक्ति प्रदर्शन पनि झडपमा परिणत भयो । शान्तिपूर्ण प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा झडपको अवस्था आएको हो । निषेधित क्षेत्रलाई सरकारले प्रतिष्ठाको विषय बनाउँदा बारम्बार हुने गरेको झडप आज पनि दोहोरियो ।

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापना, संघीयता र धर्म निरपेक्षताको खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका ४० बुँदे मागहरु राखी केही महिना आन्दोलित हुँदै आएको राप्रपाले मंगलबार राजधानी केन्द्रीत प्रदर्शन गर्ने क्रममा सिंहदबार अगाडिको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएइको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थान, काभ्रे, धादिङलगायतका जिल्लाहरुबाट आएका जुलुसहरु भृकुटीमण्डपमा भेला भएपछि त्यहाँबाट एकीकृत जुलुस अघि बढेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता पशुपति शमशेर राणालगायतले नेतृत्व गरेको जुलुसमा हजारौंको सहभागिता थियो । विभिन्न नारा लगाउँदै अगाडि बढेको जुलुसलाई सम्हाल्न राप्रपाका स्वयंसेवकहरुलाई समेत हम्मे हम्मे परेको थियो ।

राप्रपाको प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकामा प्रहरीको संख्या बढाइएको थियो भने सिंहदरबार आसपासको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी रहेका थिए भने सादा पोशाकका प्रहरीको संख्या पनि उत्तिकै थियो । तर प्रदर्शनकारीहरुको संख्या निकै ठूलो हुँदा उनीहरुलाई रोक्न सुरक्षाकर्मीलाई निकै मुश्किल परेको थियो ।

भद्रकालीबाट सिंहदरबारतर्फ जाने पहिलो सुरक्षा घेरा प्रदर्शनकारीले तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले प्रदर्शनकारीलाई रोक्न दर्जनौ सेल अश्रुग्यास, लाठीचार्ज र पानीको फोहोराको सहारा लिएको थियो । प्रहरीको पहिलो घेरा तोडेर अघि बढ्दा अध्यक्ष लिङ्देनले कुनै अप्रिय घटना नहुने भन्दै प्रहरीलाई सम्झाइ बुझाई गरिरहनु भएको थियो । तर त्यही बीचमा केही प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरको थियो ।

लाठीचार्ज र पानीको फोहोराबाट केही प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगामुढाबाट प्रहरीतर्फ पनि केही घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढे पनि प्रदर्शनकारीहरुलाई पुनः भद्रकालितर्फ नै फर्काईएको थियो । त्यसपछि सडकमै धर्ना बसेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमन गरिएको भन्दै आक्रोश पोख्नुभयो ।

राप्रपाको प्रदर्शनका कारण मंगलबार दिनभर राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । राप्रपा नेतृत्वले थप छलफल गरेर आगामी दिनका कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४