Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठाकुरको उत्कृष्ट बलिङमा लखनउ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २६ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । तीव्र गतिका बलर यश ठाकुरले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाइटन्टसलाई ३३ रनले हराएको छ ।

१६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा १३० रनमा सबै विकेट गुमायो ।

गुजरातका ओपनर साई सुदर्शन ३१, राहुल टेवाटिया ३०, शुभमन गिल १९ र विजय शंकर १७ रनमा आउट भए ।

लखनउका यश ठाकुरले ३.५ ओभरमा १ मेडनसहित ३० रन खर्चेर पाँच विकेट लिए ।

क्रुनाल पान्ड्या ३, नवीन उल हक र रवि विश्रोईले एक/एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको लखनउले २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निकोलस पुरन ३२, लोकेश राहुल ३३, आशुष बदोनी २० र क्विन्टन डी कक ६ रनमा आउट भए ।

गुजरातका उमेश यादव र दर्शन नलकाण्डेले २/२ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४