Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २२ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो ।

आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए ।

यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा आर्सनलले अग्रता दोब्बर बनाएको थियो । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल भएन ।

अर्को खेलमा फिल फोडेनले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा फोडेनले पहिलो हाफको इन्जुरी टाइम ६२ औं र ६९ औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले ११ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

जोन डुरानले २० औं मिनेटमा एस्टन भिल्लाका लागि बराबरी गोल फर्काएका थिए । तर त्यसपछि फोडेनले ह्याट्रिक गर्दै सिटीलाई जित दिलाएका हुन् ।

जितपछि सिटीले ३० खेलबाट लिभरपुल समान ६७ अंक जोडेको छ । तर गोल अन्तरमा पछि पर्दै तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४