Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाका उपसभापति र सहमहामन्त्रीले सहकारी ठगेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २० २०८०
  • 5.3K
    SHARES

काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि मुछिएका छन् ।

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसहित उनीहरूको पनि संलग्नता रहेको बताएका हुन् ।

उनीहरूले हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको आरोप लगाएका छन्  ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ ।

उनले भने‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो काम श्रम मन्त्रीको हो भन्ने छ । यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ।

रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे । उनले छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।

उनले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पारेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४