काठमाडौँ । आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ ।
जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ । उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ ।
हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।