Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा महिलाका लागि समान अधिकार सुनिश्चित गर्ने नवनिर्वाचित प्रधानमन्त्रीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २७ २०८०
  • 5K
    SHARES

एजेन्सी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न ठोस कदम चाल्ने वचन दिंदै प्रधानमन्त्री शरिफले महिलाको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको भन्दै प्रधानमन्त्री शरिफले महिलालाई आफनो हक अधिकारका लागि आवाज बुलन्द गर्न पनि आग्रह गुर्नुभएको छ ।

महिलाका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ ।

पाकिस्तानमा विगत केही दशकदेखि महिलाका हक अधिकार हनन भएको भन्दै पाकिस्तान सरकारको आलोचना हुने गरेकोमा प्रधानमन्त्री शरिफको यो भनाइले महिलामा उत्साह जागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४