Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृह रास्वपाको बटम लाइन, मन्त्री रवि नै !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २२ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । गठबन्धनले दिउँसो २ बजेपछि बस्ने गरी मन्त्रालयको टुंगो लगाउन बैठक पनि बोलाएको हो ।

नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालय दाबी गरेको छ । सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाने अडानमा छन् । ‘शीर्ष नेताहरूबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैं जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’

सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन् । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४