Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिविएम तीव्र गतिमा सञ्चालन, आगामी बैशाखसम्ममा सुरुङ निर्माण सकिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १५ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको टनेल वोरिङग मेसिन (टिविएम) तीव्र गतिमा सञ्चालन भएसँगै बैशाखसम्ममा सुरुङ निर्माण सकिने अनुमान गरिएको छ ।

कमलामाई नगरपालिको कुसुमटारबाट सुनकाशी गाउपालिका– ७ को कानढुंग्रीस्थित सुनकोशी नदीसम्मको कुल १३ दशमलव ३ किलोमिटरमध्ये हालसम्म १० दशमलव ८ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएकाले बाँकी २ दशमलव ५ किलोमिटर सुरुङको निर्माण आगामी वैशाखसम्म सम्पन्न हुने आयोजनाका डिभिजन इन्जिनीयर रवि शाक्यले जानकारी दिनुभयो ।

विगत दुई महिनासम्म भुगर्भभित्रको सुख्खा र लेदो पहिरो खसेर लगातार जाममा परेको सुनकोशी–मरिण डाइभर्सनको टनेल वोरिङग मेसिन टिविएम पुर्ववत सञ्चालन भइ दैनिक ५० मिटरभन्दा बढीको सुरुङ निर्माण भइरहेको छ ।

अप्ठेरो भुगर्भ छिचोलेर सञ्चालन भएको टनेल वोरिङ मेसिन टिविएमले दैनिक ५० देखि ५५ मिटरसम्म सुरुङ् निर्माण गरिरहेकोले यही गतिमा काम अघिबढे लक्ष्यभन्दा अगावै सुरुङ् निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ ।

सुनकोशी–मरण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यका साथै सुनकोशी नदीमा बाँध निर्माणको कामसमेत अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४