Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमान श्रीमतीको झगडाले हत्या र आत्महत्या बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १५ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । पछिल्लो दुई साताभित्र राजधानीमा दुई वटा घटनामा दुई वटा परिवारका छ जनाको ज्यान गयो । गत माघमा ललितपुरको इमाडोलमा र गत साता काठमाडौंको सीतापाइलामा पारिवारिक झगडामा निर्दोष बालबालिकासहित ६ जनाको ज्यान गएको हो । घरायसी बेमेल र झगडाले परिवारै सखाप पारेर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ ।

गत साता काठमाडौंको नागार्जुन नगरपालिकाका वडा नम्बर ६ को भैरवटोलमा बस्दै आएका सोलुखुम्बुका काजी विश्वकर्माले श्रीमतीसँगको झगडाका कारण श्रीमतीको मात्रै ज्यान लिएनन, निर्दोष छोरी र नातिनीको समेत हत्या गरेर आत्महत्या गरे । विहानको समयमा श्रीमती ईश्वरी, छोरी अनिषा र झड्केलो छोरापट्टिकी नातिनी शिवानीको हत्या गरेर काजी विश्वकर्मा केही परको जंगलमा पुगेर झुण्डिएका थिए । श्रीमती ईश्वरीसँगको झगडाका कारण यस्तो निर्मम घटना भएको प्रहरीको विश्लेषण छ । श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको आशंकाले नै यो घटना गराएको हुनसक्ने अनुमान गरिएको छ । ईश्वरीले आफूलाई बलात्कार गरेको भनी उजुरी दिएका पुरुष धरौटीमा छुटेपछि काजी र ईश्वरीबीच शंका उपशंका र झगडा बढेको अनुमान गरिएको छ ।

यस्तै गत माघ २७ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, ओचु हाइटमा एक महिलाले छोराछोरीको हत्या गरेपछि आत्महत्या गरिन् । स्थानीय ३६ वर्षकी रविना महर्जनले ६ वर्षको छोरा अश्वेत र २ वर्षकी छोरी रिबाको हत्यापछि तीन तले घरबाट हामफालेर आत्महत्या गरेकी थिइन् । छोराछोरीको मुख थुनेर हत्या गरेपछि उनले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।

तीन महिनाअघि धनकुटामा पनि यस्तै प्रकृतिको घटना भएको थियो । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङले श्रीमती ३६ वर्षकी भीमा र छोरा १० वर्षका आयुषको हत्यापछि झुण्डिएर आत्महत्या गरेका थिए । ६ वर्षकी छोरी आसिकी भने बाँच्न सफल भएकी थिइन् । सो घटनाको कारण पनि पारिवारिक बेमेल र झगडा भएको प्रहरीको निष्कर्ष छ ।

गत साउनमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, पदमसालमा पनि गोरखाका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिक मृत अवस्थामा भेटिएको थियो । घटनास्थलमा फेला परेको सुसाइट नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका थिए । १२ वर्ष कुवेतमा बसेर फर्केका दिनेशको श्रीमती सुनितासँगको बेमेलका कारण विभत्स घटना भएको अनुसन्धानबाट थाहा लागेको थियो ।

पछिल्लो चरणमा बढेका यस्ता घटनाहरुमा विवाहोत्तर सम्बन्ध र त्यसले लोग्ने स्वास्नीबीच बढाउने घृणा प्रमुख कारण देखिएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राठौरले बताउनु भयो ।

पति–पत्नीबीच अविश्वास, शंका उपशंका, अनादर र घृणाले कतिसम्म क्रुर घटना हुनसक्छ भन्ने पनि यी घटनाहरुले देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३३ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । सोही अवधिमा तीन हजारभन्दा बढीको हत्या भएको छ । कतिपयले परिवार तथा नातागोताको हत्यापछि आत्महत्या गरेको देखिन्छ । आर्थिक अभाव, बेरोजगारी, गरिबी, निराशा, चिन्ता, पारिवारिक बेमेल तथा कलह, परपुरुष÷महिलासँगका सम्बन्धले निर्मम र क्रुर घटना हुने गरेको प्रहरीको अध्ययनको निष्कर्ष छ ।

मनोविद् डाक्टर नागेन्द्र ठगुन्नाका अनुसार ३५ वर्षको उमेर पुगेपछि मानिसमा आर्थिक, सामाजिक, पारिवारिक जस्ता दबावहरु बढ्न जान्छन् । घरायसी समस्याको व्यवस्थापन गर्न नसक्दा अकल्पनीय घटनाहरु हुने मनोविद् ठगुन्ना बताउनु हुन्छ । हत्या वा आत्महत्या गर्ने चरणसम्म पुग्दा मानिसको मानसिक स्वास्थ्य समेत कमजोर भइसकेको हुने उहाँको भनाइ छ । यस्ता घटनाहरुको न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सम्बन्धि साक्षरतालाई प्रवर्धन गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

परिवारकै हत्या गरेर आत्महत्या गर्ने जस्ता क्रुर घटनाहरुले प्रत्यक्ष पीडित पक्षलाई त नराम्रो झड्का दिन्छ नै, यस्ता घटनाले सिंगो समाजमा पनि नकारात्मक असर गर्ने गर्दछ । त्यसैले यस्ता घटनाहरुको न्युनीकरणका लागि घर परिवार, समाज र राज्यले संयुक्त प्रयास गर्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४