Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुग्ध क्षेत्रमा देखिएको समस्याबारे सरोकारवालाद्वारा चिन्ता व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । पछिल्लो समय नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयिक समस्याका बारेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले हाल देशको अवस्था एवं दुग्ध क्षेत्रको समस्यालाई सबै मिलि समाधान गर्न अघि बढ्न अनुरोध गर्दै यसलाई सरकारले उद्योगी एवं किसानको हितमा काम गर्न कुनै न कुनै उपाय निकाल्नु पर्ने र नेपाल डेरी एसोसिएसन संधै किसान र उद्योगको हितमा रहने कुरा राख्दै उद्योगीहरुलाई परेको पिडालाई समेत सम्झेर सरकारले ध्यान दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सहसचीव मन्त्रालयका सहसचि सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले दुग्ध क्षेत्रको यो समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको बताउनुभयो ।

कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले डेरी क्षेत्रको विकास र यसमा आउने समस्याको बारेमा नेपाल डेरी एसोसिएसनले सधैं अगाडि नै रहेको बताउनुभयो । कार्यक्रममा डेरी विज्ञ डा. नारायण श्रेष्ठले हालको समस्या जसरी श्रृजना भयो यो दुःखद कुरा हो भन्दै उहाले इतिहासमै यस्तो समस्या पहिलो पटक आएकोले सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्ने बताउनुभयो ।

डेरी विज्ञ अजवलाल यादवले दुधको समस्या आउनुमा सरोकारवालाको नै कमजोरी रहेकोले यसमा सबै व्यवसायी एकसाथ मिलेर अघि बढ्नुपर्ने कुरा बताउनुभयो । नासाका अध्यक्ष लोकनाथ ढकालले आजको यस अन्तरक्रिया कार्यक्रमबाट कुनै न कुनै निचोडमा जाने र समाधान निस्कने कुरा बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले हाल उद्योगीहरुको हालत खराव रहेको र त्यसको समस्याले गर्दा दुग्ध क्षेत्रका सबै स्थानमा परेको कुरा राख्नुभयो । निर्यात व्यवसायीको तर्फबाट उपाध्यक्ष थापाले हाल देशको परिस्थतिले समस्त निर्यातमा परेको समस्या हल गर्न लाग्ने कुरा ख्नुभयो ।

दुग्ध सहकारी एवं पशुपालन सहकारीका अध्यक्ष बाबुराम अधिकारीले हाल कच्चा दुध धेरै रहेको र उद्योगबाट किसानको भुक्तानी नभएकाले राज्य संयत्रबाट यसको पहल गरिदिन अनुरोध गर्नुभयो । साथै अनाजका अध्यक्ष किरण आचार्यले सम्पूर्ण कृषि क्षेत्रमा परेको समस्यामा दुग्ध क्षेत्रलाई समेत प्रतिकुल असर परेको र यसलाई निवारण गर्न सबै मिल्नुपर्ने कुरा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४