Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानीको व्रत समापन गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १२ २०८०
  • 6.1K
    SHARES

काठमाडौं । आज माघ शुक्ल पूर्णिमाको दिन श्रीस्वस्थानीको व्रत समापन गरिँदैछ । एक महिनाअघि शुरु गरिएको श्रीस्वस्थानीको व्रत आज विधिपूर्वक समापन गरिने भएको हो ।

श्रीस्वस्थानीको व्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनमा शुरु गरी माघ शुक्ल पूर्णिमाको दिन समापन गरिन्छ । नेपाली हिन्दू समुाजमा यो एक महिना श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा रहेको छ । श्रीस्वस्थानीको व्रतको अन्तिम दिन आज माघ शुक्ल पूर्णिमाका दिन दीयो, कलश, गणेशको पूजा गरेर श्रीस्वस्थानी देवीको विधिपूर्वक विशेष पूजा गर्ने गरिन्छ ।

स्वस्थानीको पूजा व्रत विधिपूर्वक गरेमा मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यो व्रत समापन गर्दा १०८ वटा अक्षता, जनै, सुपारी, मालपुवा लगायतका रोटी, पान, फलफूल तथा बत्ती चढाउनु पर्ने नियम छ । साथै चढाएका यी नैवैद्यमध्ये आठ–आठ वटा प्रसादहरु (आठ वटा मालपुवा, आठ वटा पान, आठ सुपारी र आठ वटा फल श्रीमान् वा छोरा वा छोरीलाई दिएर बाँकी सय वटा व्रत बस्नेले खानुपर्ने नियम छ ।

महादेवलाई पतिका रुपमा पाउनका लागि पार्वती देवीले स्वास्थानी देवीको व्रत बसेको धार्मिक मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४