Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याकुरीले भने- ‘डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ११ २०८०
  • 4.7K
    SHARES

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफू श्रीमतीबाट पीडित भएको स्पष्टोक्ति दिएका छन् । कलाकार खतिवडाले आफू श्रीमती सुम्निमा खालिङबाट पीडित भएको स्पष्टोक्ति दिएका हुन् ।

उनले घरेलु हिंसाको आरोपको खण्डन पनि गरे । अर्को युवतीलाई गर्भवती बनाएको भनेर सुम्निमाले लगाएको आरोपमा कुनै तथ्य नभएको उनको दाबी छ । शुक्रकिटमा समस्या देखिएकाले हाल आफू बाउ बन्न योग्न नरहेको उनले खुलाए । ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौं । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो । मैले औषधि पनि सेवन गरेको थिएँ, उनले भने ।

सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा भने पवनले स्वीकार गरेका छन् । सुम्निमाले सुन किन्न पैसा मागेर नक्किली गहना किन्ने, मदिरा खाएर झगडा गर्ने, आफूलाई आक्रमण गर्ने, मामा साइनो लगाएर अन्य पुरुषसँग निकट भएको थाहा पाएपछि आफूले डिभोर्स मागेको पवनको दाबी छ ।

सुम्निमाले आफू कुलतमा नफसी पवनले सुधार केन्द्रमा राखेको आरोप लगाएकी थिइन् । उनले यो आरोप पनि सत्यभन्दा टाढाको रहेको दाबी गरे । मदिरामा खाएर घर-टोलमा ‘बबाल’ गर्न लागेपछि सुधार केन्द्रमा लगेको उनले बताए । दुईबीच अनावश्यक कलह बढेपछि छुटिने मनस्थितिमा पुगेको र कानुनी प्रक्रियामा रहँदै उनी मिडियामा आएको पवनको दाबी छ ।

कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने पनि बताएका छन् । ‘विवाह गर्नु नै गलत थियो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘थियो’ भनेका छन् भने ‘प्रेम गर्नु नै गलत थियो ?’ भन्दा पवनको जवाफ ‘हो’ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४