Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तोसिमा कार्कीको प्रश्न : उपचारमा पनि लुगा बेचेजस्तो मोलमोलाइ गर्न पाइन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १० २०८०
  • 3.1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको छ । तर, बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन ।’

शुल्क नतोएिका कारण अस्पतालहरुले मनलाग्दी गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘कुन उपचारको, कुन परीक्षणको कति पैसा लाग्छ न शुल्क निर्धारण छ न नियमन । अस्पताल र प्रयोगशालाहरुले आफूखसी शुल्क तोकिरहेका हुन्छन् । निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरुपता छैन ।’ vसंविधानको धारा ३५ ले प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारबारे जानकारी पाउने हक दिएको तर, त्यो अस्पतालको झ्यालमा पुगेपछि मात्रै बिरामीले थाहा पाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् ।

सरकारले नियमन नगर्दा बिरामीहरुले एउटै उपचारका लागि फरक-फरक शुल्क तिर्नुपरिरहेको सांसद कार्कीले बताइन् । भिडियो एक्सरेको शुल्क ५ सय देखि २५ समय सम्म रहेको भन्दै उनले प्रश्न गरिन्, ‘पाँच गुणासम्म फरक हुन्छ ?’ अपरेशनको शुल्क डेढ लाख रुपैयाँसम्म रहेको भन्दै उनले कुन उपचारको, कुन परीक्षणको कति शुल्क तोक्ने भनी मापदण्ड हुनुपर्ने बताइन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी सांसद कार्की प्रश्न गरिन्, ‘लुगा बेचे जस्तो, जुत्ता बेचेजस्तो मोलमोलाइ गर्न पाइन्छ स्वास्थ्य उपचारमा पनि ?’ प्रत्येक नागरिकको स्वास्थ्य उपचारमा समान पहुँच हुने भी संविधानमा भनिएको तर, यसको कार्यान्वयनमा सरकार गम्भीर नभएको उनको भनाइ छ । स्वास्थ्य उपचार महंगो भएकै कारण कैयन नेपालीहरु गरिबीको रेखामुनि पुगेको बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४