Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ९ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।

एमालेले छलफलका लागि नौवटा समूह बनाएको छ । समग्र केन्द्रीय कमिटीलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा समूह बनाइएको छ ।

बुधबार बिहान ११ बजेबाट समूहगत छलफल शुरु गर्ने जनाइएको छ । छलफलबाट आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेपछि पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।

मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षा र विश्लेषण गर्नुभएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४